काठमाडौं । त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल लिगमा छैटौं जित दर्ता गरेको छ ।
लिग अन्तर्गत सोमबार भएको खेलमा साउथ साईडर्स क्लबलाई ९२-५१ स्कोरले पराजित गर्दै आर्मीले छैटौं जित निकालेको हो ।
आर्मीको जितमा आयुस सिंहले उत्कृष्ट प्रदर्शन गरे । प्लेयर अफ दि म्याच आयुस नै चुनिए ।
जितसंगै आर्मीले ७ खेलबाट १३ अंक जोडेको छ ।
साउथ साईडर्सको यो पाँचौं हार हो । साईडर्सको ६ अंक रहेको छ ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।