धनगढी । धनगढीमा नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिता जेठको पहिलो साता आयोजना हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा प्रतियोगिता जेठ ४ गतेदेखि ६ गतेसम्म हुने भएको हो ।
आयोजकले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउने जानकारी गराएको छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान एक हजार नगद प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई चौधरी गुप्रको सिजी ब्रुअरीको उत्पादन नेपाल आईसनले मुख्य प्रायोजन गरेको छ । नेपाल आईसले खेलकुद पत्रकार मञ्चका पदाधिकारी र सदस्यहरुलाई जर्सी समेत उपलब्ध गराउने भएको छ । यसैगरी यो प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला खेलकुद विकास समिती रहेका छन् । विभिन्न संघ संस्था तथा व्यवसायिक फर्म प्रतिष्ठानहरुले पनि प्रायोजन गरी सहयोग गरेका छन् ।
पछिल्लो समयमा लोकप्रिय बन्दै गएको फुटसल प्रतियोगिताको आयोजना गर्दै सञ्चारकर्मीहरुमा एक आपसमा भातृत्व तथा चिनजानका साथै खेलकुद विटको विकास गर्न र खेलकुदका समाचारहरुलाई सञ्चार माध्यमले वढी प्राथमिकता दिउन् भनेर नेपाल आईस प्रथम मिडिया कप फुटसल प्रतियोगिता आयोजना गर्न लागेकोे नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीका महासचिव प्रदिप पाठकले जानकारी दिए ।
फुटसल प्रतियोगितामा कैलालीका विभिन्न सञ्चार माध्यमका टीमहरुले सहभागीता जनाउने छन् । एफएम रेडियो पत्रपत्रिका अनलाईन तथा टेलिभिजनका टोलीहरुको सहभागीता जनाउन पाउने क्रियासिल पत्रकार मिलेर पनि टोली बनाएर भाग लिन पाउने शाखाका कोषाध्यक्ष हरि जोशीले बताए ।
फुटसल प्रतियोगितालाई सम्पन्न गर्नका लागि धनगढीको नगरपािलका रोडमा रहेको फ्ल्याटल्याड फुटसलसँग समन्वय गरिएको छ ।