काठमाडौं । नेपाली बक्सर तेज बहादुर देउवा थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको तेस्रो चरणबाट बाहिरिएका छन ।
बैककमा मंगलबार भएको खेलमा देउवा इन्डोनेसियाका मारियो ब्लासिएससंग अंकको आधारमा पराजित भए । पहिलो चरणमा बाई पाएका देउवाले दोस्रो चरणमा लाओसका खेलाडीलाई पराजित गरेका थिए । देउवा बाहिरिएसंगै प्रतियोगितामा सबै नेपाली खेलाडीको चुनौती सकिएको छ ।
प्रतियोगितामा ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपाली बक्सिङ टोली यो प्रतियोगिता खेल्न र एसियन गेम्सको तयारीका लागि थाइल्याण्डमा रहेका छन् ।
नेपाल बक्सिङ संघको ब्यबस्थापनमा नेपाली तोली २ महिने लामो प्रशिक्षण सकाएर एसियन गेम्स खेल्न इन्डोनेसिया जाने छन् ।