काठमाडौं । त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल लिगमा चौंथो जित दर्ता गरेको छ ।
लिग अन्तर्गत शनिबार भएको खेलमा आर्मीले बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लबलाई ८६-४६ स्कोरले पराजित गर्दै आर्मीले चौंथो जित निकालेको हो ।
आर्मीको जितमा रोविन खत्रीले २८ अंकको योगदान दिए । प्लेयर अफ दि म्याच रोविन नै चुनिए । जितसंगै आर्मीले ४ खेलबाट ८ अंक जोडेको छ ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिग अन्तर्गत शनिबार नेपाल पुलिस क्लबले साउथ साईडर्स क्लबलाई पराजित गर्यो ।
लिगमा पहिलो जित निकाल्ने क्रममा पुलिसले साउथ साईडर्सलाई ७८-५८ स्कोरले हरायो । पुलिसको जितमा विकास गुरुङले २५ अंक जोडे । प्लेयर अफ दि म्याच विकास नै चुनिए ।
प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।