गणेशमान सिंह एसईई कप फुटसल शुक्रबारबाट
बिहिबार, १९ बैशाख २०७६खेलपाटी संवाददाता

काठमाडौं । गणेशमान सिंह एसईई कप फुटसल च्याम्पियनसिप शुक्रबारबाट सुरु हुने भएको छ ।
आयोजक काठमाडौं खेलकुद समाजले प्रतियोगिता शुक्रबार सुरु हुने जानकारी गराएको हो ।
बुढानिलकण्ठ मण्डिखाटारस्थित ग्रासरुट फुटसल सेन्टरमा हुने प्रतियोगितामा उपत्यकाका ४० सहित कुल ४९ टिमको सहभागीता रहने आयोजक समाजका अध्यक्ष दामोदर भट्टराई (बद्रि) ले बताए ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले २५ हजार सहित उपाधि हात पार्ने छन् ।
प्रतियोगिता सञ्चालनका लागि कुल ५,५०,००० खर्च हुने आयोजकले बताएको छ ।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)
-1765820073676.webp&w=3840&q=75)

-1765813062633.webp&w=3840&q=75)



