काठमाडौं । दोस्रो संकरणको नेपाल आईस आन फुटसल प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ ।
आयोजक नेपाल विज्ञापन संघ (आन) ले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता सोमबारबाट सुरु हुने जानकारी गराएको हो । वैशाख २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सानेपास्थित फिल्ड फुटसलमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ३२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख नगदसहित ट्रफि हात पार्नेछ । त्यस्तै, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार पाउने छन् ।
प्रतियोगितामा कान्तिपुर ग्रुप, जनता टिभी, न्युज २४ टिभी, एबीसी टिभी, सगरमाथा टिभी, नेपाल टेलिभिजन, शिलापत्र डटकम, नयाँ पत्रिका, गोरखापत्र दैनिक, वेलकम एड्भटाईजिङ, बिजिनेस एड्भान्टेज,भोग इभेन्ट, अभानी, प्रिज्मा, मिडिया बास्केट, एडी रिलिज, मिडिया हब र आउट रिच नेपालले सहभागिता जनाउने छन् ।
त्यस्तै कि एड्भार्टाइजिङ, म्याक्स मिडिया, मार्श प्रालि, श्रुश्री मिडिया,फ्युचर हब, सर्वोतम सिमेन्ट,क्युएफएक्स सिनेमा, माछापुछ्रे बैङ्क, मुक्तिनाथ विकास बैंक, नेपाल मेडिसिटी हस्पिटल, हिट्स हाईकर ट्राभल, पिक्सन इञ्जिनियरिङ, सफ्टनेप र बराह ज्वेलर्सकाे समेत प्रतियाेगितामा सहभागिता रहने छ ।
त्यस्तै, पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको लागि चौधरी ग्रुपले दोस्रो संस्करणमा पनि प्रायोजन गरेको जनाएको छ ।