काठमाडौं । राजधानीमा जारि क्विक्स नेपाल बास्केटबल लिगलाई नबिल बैंकले प्रायोजन गरेको छ ।
लिगका लागि नबिलले बैंकिङ साझेदारको रुपमा प्रायोजन गरेको हो ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले सोमबार बैंकसंग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पिडिसिएनका अध्यक्ष अरुण कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नेपाल बास्केटबल लिगको बैंकिङ साझेदार बन्न पाउदा ज्यादै खुशी लागेको र प्रतियोगिताले बास्केटबल खेललाई देशैभर राम्रो गती प्रदान गर्नेमा बिश्वस्त रहेको बताए ।
जारी लिगमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।