काठमाडौं । त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल लिगमा दोस्रो जित दर्ता गरेको छ ।
राजधानीमा जारी लिग अन्तर्गत सोमबार भएको खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ८९-८१ स्कोरले पराजित गरेको हो ।
आर्मीको जितमा रविन खत्रीले २९ अंक जोडे ।
जितसंगै आर्मीले ४ अंक जोडेको छ । पुलिसको भने यो लगातार दोस्रो हार हो ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।