काठमाडौं । चीनमा जारी ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा नेपालको चुनौती समाप्त भएको छ ।
नेपालबाट सहभागी भएका रत्नजित तामाङ र दिपेश धामी पराजित भएसंगै च्याम्पियनसिपमा नेपालको चुनौती सकिएको हो ।
चीनको हुवानमा बुधबार भएको पुरुष एकलको दोस्रो चरणमा नेपालका रत्नजित हङकङका खेलाडीसंग २-० को सोझो सेटमा पराजित भए ।
रत्नजितलाई हङकङका वोङ विङ कि भिन्सेन्टले २१-९ र २१-१३ को सेटमा पराजित गरे । जापान ओलम्पिकका लागि बिशेष तयारी गरिरहेका रत्न आठौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण जित्नबाट बन्चित भएका थिए ।
यस्तै पुरुष डबल्समा रत्न र दिपेशको जोडीलाई चीनका हान चेङ्काइ र झाउ हाओदोङको जोडीले २१-५ र २१-११ को सेटमा हराए ।