शुक्रबार, ०९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

आठौं राष्ट्रिय खेलकुद : समयको अनियमितताको क्रमभंगता

बिहिबार, ०५ बैशाख २०७६हिम बिक्रम केसी
आठौं राष्ट्रिय खेलकुद : समयको अनियमितताको क्रमभंगता

उद्घाटनको पुर्वसन्ध्यामा तयारी अवस्थामा रहेको नेपालगञ्जको रंगशाला । फोटो : रमेश सुबेदी\खेलपाटी ।

mustang rice ad

बाँके । आठौं वृहत राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज (बिहिबार) हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच नम्बर प्रदेशको नेपालगञ्ज रंगशालामा एक कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ ।

आयोजक राष्ट्रिय खेलकुद परिषद राखेपले साँझ ५ बजेर ३० मिनेटमा राष्ट्रपतिबाट प्रतियोगिताको भब्य उद्घाटन गरिने जनाएको छ ।

बैशाख ५ गते औपचारिक उद्घाटन भनिएपनि प्रतियोगिताको अधिकांश खेल २०७५ साल चैत २७ गतेबाट सुरु भईसकेका छन् ।

बैशाख ५ देखी ११ गते सम्म औपचारिक रुपमा सञ्चालन हुने प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

प्रत्येक दुई बर्षमा आयोजना गर्ने लक्ष्य सहित बिसं २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता सुरुका तीन संस्करण बाहेक कहिल्यै नियमित हुन सकेको थिएन । मुलुकभित्रका ठुला राजनीतिक परिवर्तन र प्रजातन्त्रको पुर्नस्थापनासंगै खेल क्षेत्रमा भित्रिएको राजनीतिकरणले प्रतियोगिताले गति लिन सकेको थिएन ।

बिसं २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापनापछि पहिलो पटक राष्ट्रिय खेलकुद दुई बर्षको अन्तरमा सञ्चालन हुन लागेको हो । यसअघि २०७३ सालमा पुर्वाञ्चलको विराटनगरमा सातौ संस्करणको प्रतियोगिता आयोजना भएको थियो ।

‘आठौं राष्ट्रिय खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मुल नाराका साथ चैत २७ गतेबाट सुरु भएको प्रतियोगिता प्रदेश ५ का बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौं, ललिलपुर, पोखराका खेल स्थलमा सञ्चालन भईरहेका छन् ।

राज्य पुर्नसंरचनापछि पहिलो पटक आयोजना भएको राष्ट्रिय खेलकुदमा सात प्रदेश सहित तीन विभागीय टिम र पहिलो पटक एनआरएनको टिमलाई समावेश गरिएको छ ।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल, रेफ्री, संघ, प्रतिनिधि गरेर करिब ११ हजारको सहभागिता रहने राखेपले जनाएको छ । प्रतियोगितामा झण्डै ५ हजार २ सय ११ जना खेलाडीले सहभागिता जनाउनेछन् । त्यसमा २ हजार ८ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला सहभागि छन् ।

सरकारले आठौं राष्ट्रिय खेलकुदलाई आसन्न १३ औ दक्षिण एसियाली खेलकुद सागको तयारीको रुपमा समेत लिएको छ । आठौंलाई लक्षित गर्दै सरकारले पाँच नम्बर प्रदेशमा झण्डै एक अर्वको खेलकुद पुर्वाधार निर्माणमा खर्च गरेको छ ।

नेपालमा पहिलो पटक अत्याधुनिक भीआईपी प्याराफिट सहितको नेपालगञ्ज रंगशालाको निर्माण गरिएको छ । सोही रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र समापन हुनेछ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

Bajaj Pulsar Motorcycle Ad
सन्दीपबिना नै राजशाही च्याम्पियन

सन्दीपबिना नै राजशाही च्याम्पियन

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

पहिलो जितमा भगवतीको ५ गोल

पहिलो जितमा भगवतीको ५ गोल

आर्मीले सहजै जित्यो

आर्मीले सहजै जित्यो

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

भिल्लामा सान्चोको पहिलो गोल

भिल्लामा सान्चोको पहिलो गोल

 पेड्री एक महिना मैदानबाहिर

पेड्री एक महिना मैदानबाहिर