हक्कीमा प्रदेश ५ लाई कास्य
बुधबार, बैशाख ४, २०७६खेलपाटी संवाददाता

बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीमा घरेलु टिम प्रदेश ५ ले कास्य पदक जितेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–० गोलले पराजित गर्दै प्रदेश ५ ले कास्य जितेको हो ।
नेपालगन्जस्थित मंगलप्रसाद माविको खेल मैदानमा प्रदेश ५ का मनिष गुरुङले ३६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको ५१ औं मिनेटमा शशी दर्लामीले गोल गर्दै प्रदेश ५ लाई २–० गोलको अग्रता दिलाए ।
त्यसपछि खेलको ५४ औं मिनेटमा रविकान्त कुमारले गोल गर्दै प्रदेश ५ लाई कास्य पदक दिलाए ।
पुरुषतर्फ स्वर्ण पदकका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


