काठमाडौं । नेपालका बिष्णु प्रसाद घले थाइल्याण्डमा जारी थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको पहिलो खेलमै पराजित भएका छन् ।
बैककमा आइतबार भएको खेलमा ६९ केजी तौलसमूह मुनिको प्रतिस्पर्धामा घले चाइनिज ताइपेका पान ह्युङ मिङ्संग पराजित भएका हुन् । घले प्रतियोगिताबाट बाहिरिने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि एक बहादुर घले र दिपक श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका थिए । नेपालबाट बिमल रोकाले मात्र दोस्रो चरणको यात्रा गरेका छन् ।
प्रतियोगिताको तेस्रो दिन सोमबार तीन नेपाली खेलाडी प्रतिस्पर्धामा उत्रिदै छन । ५६ केजी मुनि बिमलले सोमबार दोस्रो चरणको खेलमा काजकस्तानका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् । ६४ केजीमुनि भुपेन्द्र थापा कोरियाका खेलाडीसँग भिडदै छन् ।
यस्तै, ४९ केजीमुनि तेज बहादुर देउवाले लाओसको खेलाडीसंग खेल्ने छन् । देउवा बाइ पाउदै दोस्रो चरणमा पुगेका हुन् ।