बुधबार, ३१ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

माला र विमला फाइनलमा

सोमबार, ०२ बैशाख २०७६खेलपाटी संवाददाता
माला र विमला फाइनलमा
Loading ad...
mustang rice ad

बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको तेस्रो दिनको खेलमा जित हासिल गर्दै माला राई र विमला श्रेष्ठले फाइनलमा भेट पक्का गरेका छन् ।

बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विधालयमा आइतबार भएको महिला फ्लाइवेट अन्तर्गत ५१ केजी तौल समूहको खेलमा एपीएफकी माला राईले फाइनल प्रवेश गर्ने क्रममा प्रदेश १ की रोशिना लावतीलाई रेफ्रि स्टप कन्टेस्ट (आरएससी) को आधारमा हराइन् । यस्तैगरी आर्मीकी विमलाले पनि प्रदेश ३ की रोशनी राईलाई अंकको आधारमा ५–० ले पराजित गरिन् ।

यसैगरी वेल्टर वेट अन्तर्गत महिला ६४ केजी तौल समूहको खेलमा आर्मीकी पूनम रावलले प्रदेश १ की तृषा जागेबु लिम्बूलाई आरएससीको आधारमा हराउंदै फाइनलमा प्रवेश गरिन् । सोही तौलको अर्को सेमिफाइनलमा एपीएफकी बिनिता थापा मगरले पनि प्रदेश ५ की माया चौधरीलाई एबीडी कन्टेस्टको आधारमा हराउंदै फाइनलमा पूनमसंग भेट पक्का गरिन् ।

त्यसअघि आइतबारै भएको क्वाटरफाइनल खेलहरुमा जित हासिल गर्दे प्रदेश ३ की शिवानी श्रेष्ठ र नेपाल पुलिसकी निशा तामाङले पनि सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् ।

बेन्टम वेट क्याटोगोरी अन्तर्गत महिला ५४ केजी तौल समूहको खेलमा शिवानीले प्रदेश ५ की सुष्मा पुनलाई अंकको आधारमा ४–१ ले हराइन् । त्यसैगरी निशाले पनि प्रदेश ७ की हरिना अएरलाई अंकको आधारमा ५–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिन् । सोही तौलको अर्को क्वाटरफाइनलमा एपीएफकी सन्जुमाया थिङले प्रदेश ४ की जोशिका श्रेष्ठलाई नकआउटको आधारमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिन् ।

यसैगरी महिला फेदरवेट अन्तर्गत ५७ केजी तौल समूहको क्वाटरफाइनलमा नेपाल आर्मीकी चन्द्रकला थापा, एपीएफकी माया चौधरी, प्रदेश ७ की भावना ऐरी र प्रदेश १ की दिया लिम्बुले सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । चन्द्रकलाले प्रदेश ३ की कुसुम तामाङलाई यूनानिमोस डिसिजनको आधारमा पाखा लगाउंदा मायाले प्रदेश ४ की माया गुरुङलाई एबीडी कन्टेस्ट तथा भावनाले प्रदेश ६ की राधा बिकलाई रेफ्रि स्टप कन्टेस्टको आधारमा हराइने । सोही तौलको अर्को खेलमा दियाले प्रदेश ५ की लक्ष्मी घर्तीमगरलाई अंकको आधारमा हराउंदै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।

यसैगरी महिला ६० केजी तौल समूहको सेमिफाइनलमा प्रदेश ५ की संगीता दंगाल, प्रदेश ७ की संगिता चौधरी र नेपाल आर्मीकी सबिना श्रेष्ठले स्थान पक्का गरिन् । संगीताले प्रदेश ६ की रिता बिकलाई अंकको आधारमा ४–१ ले हराउंदा चौधरीले प्रदेश ४ की अस्मिता बस्नेतलाई आरएससी आधारमा पराजित गरिन् । यस्तै सबिनाले प्रदेश १ की रञ्जिता मगरलाई एबीडी कन्टेस्टको आधारमा हराउंदै अन्तिम चारमा प्रवेश गरिन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार