कपिलबस्तु । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष कुस्तीमा प्रदेश २ ले सर्वाधिक स्वर्ण पदक जितेको छ । शुक्रबार सम्पन्न कुस्तीको प्रतिस्पर्धामा प्रदेश २ ले ६ स्वर्ण जितेको हो ।
कपिलबस्तुको जितपुरस्थित सिद्धार्थ कलेको कभर्डहलमा शुक्रबार पुरुष ५० केजी ताैल समूह प्रदेश २ का नरेश यादबले स्वर्ण पदक जिते । यस्तै ६१ केजी ताैल समूहमा जय माेहन यादबले स्वर्ण हात पारे ।
यस्तै ६५ केजी तौल समूहमा प्रदेश २ कै सराेज यादब, ७९ केजीमा सुमीर साह र राज यादबले १२५ केजीमा स्वर्ण पदक जितेका छन् ।
प्रदेश ५ ले ३ स्वर्ण जितेकाे छ । प्रदेश ५ का बैजनाथ यादबले ७४ केजी, भुबनेश्वर यादबले ८५ केजी र रमेश गाेतामेले ९७ केजीमा स्वर्ण हात पारे ।
त्यस्तै त्रिभुवन आर्मीका सुरेश चुनाराले ७० केजीतर्फ स्वर्ण जिते ।
महिलातर्फ प्रदेश ७ ले सर्वाधिक ६ स्वर्ण जित्यो । प्रदेश ७ बाट ५० केजीमा मनीषा सिंह, ५५ केजीमा संगीता धामी, ५३ केजीमा शिवंगी दुबेले स्वर्ण जितिन ।
प्रतियोगितामा आर्मीले ३ र प्रदेश १ ले १ स्वर्ण जित्यो ।