काठमाडौं । प्रदेश नं. ७ ले आठौं राष्ट्रिय खेलकुद अन्तरगत कुस्तीमा तीन स्वर्ण हात पार्न सफल भएको छ ।
प्रदेश ७ का मनिषा सिहले ५० केजी तौल समूहमा स्वर्ण हात पारिन । यस समूहमा सेनाकी लक्ष्मी तामाङले रजत र प्रदेश ५ की सविता श्रेष्ठले कास्य पाईन् ।
यस्तै ५३ केजीमा प्रदेश ७ की सिमाङ्खी दुवेले स्वर्ण, सेनाकी कोपिला थापा मगरले रजत र प्रदेश १ की राधा कुमारी खत्वेले कास्य पाए ।
५५ केजी तौलमा प्रदेश ७ की संगीता धामीले स्वर्ण हात पार्दा प्रदेश ५ की सपना श्रेष्ठले रजत र प्रदेश १ की अमृता लिम्बुले कास्य पाईन् । यस्तै ५७ केजी र ५९ केजीमा सेनाले स्वर्ण हात पार्यो ।
५७ केजीमा सेनाकी कल्पना बि.क.ले स्वर्ण हात पारिन् । दोश्रो स्थानमा ७ नं प्रदेशकी अम्बिका भण्डारी र तेश्रो स्थानमा प्रदेश ५ की श्रृजना चन्द रहिन् ।
यसैगरि ५९ केजीमा सेनाकी कविता पुनले स्वर्ण हात पार्दा प्रदेश ७ की कमल खत्रीले रजत र प्रदेश १ की लक्ष्मी उराले कास्य पाईन् ।
२० स्वर्णका लागि भएको प्रतियोगिताको बाँकी खेलका फाइनल भोली बिहान हुने कार्यक्रम रहेको छ ।