काठमाडौं । बैशाख पहिलो साताबाट आयोजना हुने नेपाल बास्केटबल लिगलाई कँगारु एजुकेशन फाउण्डेसनलाई शैक्षिक साझेदारको रुपमा प्रायोजन गरेको छ ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले शुक्रबार फाउण्डेसनसंग सम्झौता गरेको छ । पिडिसिएनका प्रतिनीधि नमित बहादुर थापा र फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमिल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार फाउण्डेसनले लिगको प्रथम स्थान हात पार्ने टोलीको पुरस्कार राशीको प्रायोजन गर्नेछ । प्रतियोगिताको पुरस्कार राशिबारे खुलाईएको छैन ।
नेपालकै ठूलो बास्केटबल प्रतियोगिता आगामी बैशाख ७ देखि सुरु हुनेछ । ८ टिमको सहभागिता रहने लिगका डबल राउण्ड रोबिन लिगका आधारमा होम एण्ड अवे आधारमा खेलाइनेछ ।
प्रतियोगिताको पहिलो संस्करणमा गोल्डेन गेट इन्टरनेशनल कलेजले आर्मीलाई पराजित गर्दै उपाधि जितेको थियो । दोश्रो संस्करणको थप जानकारी चाडै नै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।