काठमाडौं । सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यू–१७ को उपाधि हात पारेका छन् ।
हलचोकस्थित एपिएफको कभर्डहलमा बिहिबार प्रिन्सले ब्वाईजको फाईनलमा एपिएफका पेम्बा शेर्पालाई २१-४ र २१-८ ले हराएर उपाधि जितेका हुन् । यस्तै रशिलाले गल्र्सतर्फ मोरङ्गकी सिमा राजबंशीलाई २१-१४ र २१-१५ ले पराजित गरिन् ।
प्रतियोगितामा ब्वाईज तर्फ एपिएफका प्रियांशु सिंह क्षेत्री र दिवस शंकरले तेश्रो स्थानमा चित्त बुझाए । गल्र्स तर्फ मोरङ्गकी निता लम्साल र सेनाकी रञ्जना भट्ट तेश्रो भए ।
प्रतियोगिताको मिश्रीत युगलमा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीले उपाधि उचाले । गत बर्षका बिजेता धामी र श्रेष्ठको जोडीले आफ्नै क्लबका बिजित थापा मगर र शोभा गौचनको जोडीलाई २१-१०, २१-१२ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् ।
यस्तै ५५ बर्ष माथिको प्रतिस्पर्धामा ग्यालेक्सि ब्याडमिन्टन क्लबका पुष्पराज ताम्राकार र राजु भुजुको जोडीले उपाधि जिते । ४५ बर्ष माथिको प्रतिस्पर्धामा जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले बाजी मारे ।
३५ बर्ष माथिको प्रतिस्पर्धामा एपिएफ क्लबका प्रेम कुमार श्रेष्ठ र चेत सिंह थापाको जोडीले उपाधि हात पारे ।
प्रतियोगिताको पुरुष एकल तर्फ एपिएफका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहालबीच उपाधिका लागि भिडन्त पक्का भएको छ ।
यस्तै महिला एकल तर्फ एपिएफकी जेशिका गुरुङ्ग र रशिला महर्जन फाईनल प्रवेश गरे ।
प्रतियोगितामा छात्र तथा छात्रा तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद २५, १५ र ५ हजार प्राप्त गरे । मिश्रीत युगल तर्फ बिजयी प्रथम, द्वितीय र तृतीय हुने जोडीहरुले नगद ४० हजार, २५ हजार र १० हजार प्राप्त गरे
यस्तै मास्टर ३५ बर्ष माथि, भेट्रान्स ४५ बर्ष माथि तथा ५५ बर्ष माथिको युगल खेलमा शिर्ष तीनले १० हजार, ८ हजार र ६ हजार नगद प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण महत, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, लगायतले पुरस्कार वितरण गरेका थिए ।