बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
  4. /
  5. दिपेश र प्रिन्स प्रिक्वाटरफाइनलमा

दिपेश र प्रिन्स प्रिक्वाटरफाइनलमा

२०१९ मार्च २५, सोमबारखेलपाटी संवाददाता

दिपेश र प्रिन्स प्रिक्वाटरफाइनलमा

काठमाडौं । एपिएफका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५ औं कृष्ण मोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

हलचोकस्थित एपिएफको कभर्डहलमा दिपेशले म्याग्दीका विजय बानियालाई २१-८ र २१-८ को सेटमा पराजित गर्दै प्रिक्वाटरफाईनलको यात्रा तय गरे । प्रिन्सले एपिएफका ईन्द्र महतालाई २१-१२ र २१- १० को सोझो सेटमा पराजित गरे ।

यस्तै पेम्बा शेर्पा, गौतम सिंह कठायत, सुदीप सेढाई, निरञ्जन देवकोटा, बिजित थापा मगर, सुनिल जोशी निर बिक्रम देवकोटा र साजन कृष्ण ताम्राकारले पनि प्रिक्वाटरफाइनलमा स्थान बनाएका छन् । पेम्बाले नेपाल पुलिसका हिरा राईलाई २०-२२, २१-२३ र २३-२१ ले, गौतमले इटहरीका भोजबहादुर गुरुङलाई २१-१५ र २१-१५ ले, सुदीपले कञ्चनपुरका गोकुल जोरालाई २६-२४ र २१-१३, निरञ्जनले आर्मीका बिशाल खड्कालाई २१-१४ र २१-१९ बिजितले जेष्ट ब्याडमिन्टन एकेडेमीका सुजन थापालाई २१-१७ र २१-१९, सुनिल जोशीले पुलिसका पूर्णबहादुर थापालाई २१-९ र २१ । १६, निरबिक्रमले जेष्टकै अखिल श्रेष्ठलाई २१-१६ र २१-१३ ले तथा साजनले कैलालीका अमृत चौधरीलाई २१-१३ र २१-१५ ले पाखा लगाए ।

प्रतियोगितामा आर्मीका प्रफुल महर्जन, दिवश संकर र रुकेश महर्जनले पनि प्रिक्वाटरफाइनलमा स्थान बनाए । प्रफुलले जेष्टका अनिष खतिवडालाई २१-७ र २१-११, दिवशले स्वयंभुका गोकुल तामाङ्गलाई २१-९ र २१-१३ र रुकेशले एपिएफका सुमन लिम्बुलाई २१-१३ र २१-१६ ले पराजित गरे ।

त्यस्तै नेपाल पुलिसका दीपक बोहरा, बिष्णु कटुवाल र जीवन आचार्यले प्रिक्वाटरफाइनल यात्रा तय गरेका छन् । दीपकले आर्मीका पविन लिनथेपलाई २१-१७ र १९-२१ र  २१-१५, बिष्णुले जेष्टका अनिष तामाङ्गलाई २१-८, २१-१० ले तथा जीवनले एपिएफका प्रियांशु सिंह क्षेत्रीलाई २१-१४ र  २१-११ ले पराजित गरे ।

पुरुष युगलतर्फ प्रिन्स दाहाल अन्तिम १६ मा स्थान बनाउन सफल भए । प्रिन्सले एपिएफका निर बिक्रम देवकोटासंग मिलेर ललितपुरका मनिष बज्राचार्य र रकेश शाक्यको जोडीलाई २१-११ र २१-९ ले पराजित गर्दै अन्तिम १६ प्रवेश गरेका हुन् ।

एपिएफका दीपेश र बिजित थापामगरको जोडी पनि बाई हात पार्दै अन्तिम १६ मा सिधै प्रवेश गरे । यस्तै बाई हात पार्दै सिधै प्रिक्वाटर प्रवेश गर्ने अन्य जोडीमा त्रिभुवन आर्मीका रुकेश महर्जन र पविन लिनथेप तथा प्रफुल महर्जन र सुरोज महर्जनको जोडी पनि रहे ।

पुरुष युगलतर्फ एपिएफ र म्याग्दीका मनोज डगौरा र बिजय बानियाको जोडीले ललितपुरका निशेष राज शाक्य र सुजित महर्जनको जोडीलाई २१-१३ र २१-१३ ले, एपिएफका बिशाल प्रधार र बिमल श्रेष्ठको जोडीले धादिङ्गका मोहन गुरुङ र रुपक श्रेष्ठको जोडीलाई २१-९ र २१-१० ले, एपिएफका पेम्बा शेर्पा र प्रियांशु सिंह क्षेत्रीले जेष्टका राम बानिया र सुजन थापाको जोडीलाई २१-१७, १२-२१ र २१-१९ले, पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले जाजरकोटका राजु भँडेल र ठगेन्द्र रानाको जोडीबाट वाक ओभर, सूर्खेत र बाराका नरेन्द्र बम र अनिश खतिवडाको जोडीले एपिएफका राजीव पोद्दार र गणेश पराजुलीको जोडीलाई २१-१८ र २१-१८ ले, एपिएफका सुमन लिम्बु र जोसेफ अधिकारीको जोडीले किर्तिपुरका सुरेश बज्राचार्य र बेनु महर्जनलाई २१-१४ र २१-१८ ले हराउँदै प्रिक्वाटरमा स्थान बनाए ।

यस्तै पुलिसका अनिष श्रेष्ठ र गौरव दाहालको जोडीले बुल्स जिमका नारायण दाहाल र लवराज निरौलाको जोडीबाट वाक ओभर, एपिएफका सुनिल जोशी र गौतम कठायतको जोडीले सोयंभुका गोकुल तामाङ्ग र दिल बहादुर गुरुङ्गको जोडीलाई २१-१४ र  २१ -१३ ले, र सुदीप सेढाई र साजन कृष्ण ताम्रकारको जोडीले फ्लेक्स ग्रुपका बिरेन्द्र बुढाथोकी र मनोज डङ्गगोलको जोडीबाट वाक ओभर, एपिएफ र पुलिसका निरञ्जन देवकोटा र पूर्ण बहादुर थापाको जोडीले रुपन्देहीका दीप सूर्यबंशी र रोशन कुमालको जोडीलाई २१-१० र २१-१६ ले, जेष्ट ब्याडमिन्टनका दीपक राना र आशिष तामाङ्गले एपिएफका रमेश शेर्पा र पूर्ण बहादुर बुढाथोकीको जोडीलाई २१-१९, २१-१९ ले तथा पुलिसका हिरा राई र सोनाम खपाङ्गीको जोडीले मैत्रीनगरका सन्तोष कुमार पन्त र सुशिल पौडेलको जोडीलाई २१-११, २१-११ ले हराउँदै प्रिक्वाटरमा प्रवेश गरे ।

मास्टर्स ३५ बर्ष माथिको खेलमा एपिएफका कमल गिरी र सुधिर सुवेदीको जोडी एपिएफकै हर्क राज पन्त र लक्ष्मण थापाको जोडीलाई २१- १६ र  २१-१४ को जित निकाल्दै दोस्रो चरण प्रवेश गरे ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bhat Bhateni
फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु