काठमाडौं । नेपाल एपिएफ क्लबको आयोजनामा १५ औं राष्ट्रब्यापी कृष्णमोहन स्मृती खुला ब्याडमिन्टन प्रतियोगिता आईतबारबाट सुरु भएको छ ।
हल्चोकस्थित एपीएफ क्लबको कोर्टमा पुरुष एकलतर्फ आयोजकका प्रियान्सु सिंह क्षेत्रीले छनोट चरण पार गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रियान्सुले रुपन्देहीका रोशन कुमाललाई २१-१५, २१-१७ ले पराजित गरे ।
यस्तै छनोट चरणमा जित निकाल्दै म्याग्दीका विजय बानिया, इटहरीका भोज बहादुर गुरुङ, कन्चनपुरका गोकुल जोरा, जेष्ट ब्याडमिन्टन एकेडेमीका अनिश कटुवाल र आशिष तामाङ्ग, स्वयंभुका गोकुल तामाङ र कैलालीका अमृत चौधरीले दोस्रो चरणमा स्थान बनाए ।
बिजयले किर्तिपूरका द्रिपेश मुनी बज्राचार्यलाई २१-११, २१-१४, भोजले सुर्खेतका नरेन्द्र बमलाई २१ - १५, २१ - १७, गोकुलले किर्तिपूरका दिवाकर पाण्डेलाई २१ - १७, २१ - १५, अनिशले रुपन्देहीका दीप सूर्यबंशीलाई २१ - १३, २१ - १७, आशिषले कपिलबस्तुका रोहित बरालबाट वाक ओभर, गोकुलले काठमाण्डौका सन्तोष कुमार पन्तलाई २१-१८, २१ -११ तथा अमृतले मोरङ्गका उज्जल पोखरेललाई २१ -१४, २१ - १४ ले पराजित गरेका हुन् ।
प्रतियोगितामा पुरुष÷महिला एकल तथा युगल, मिश्रीत युगल, १७ बर्ष मूनिको छात्र तथा छात्रा, ३५, ४५ र ५५ बर्ष माथिको भेट्रान्स गरि कुल २८७ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।