काठमाडौं । अन्तराष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याललाई हङकङ ब्याडमिन्टन संघले सम्मान गरेको छ । अर्याललाई संघका अध्यक्ष हेमराज राईले कदर पत्रद्वारा सम्मान गरेका हुन् ।
नेपाल बिद्युत प्राधिकरणमा विगत ३७ बर्ष देखि कार्यरत अर्याल ब्याडमिन्टन एशियाको आयोजनामा हङकङमा जारी तोङ्ग युन काई कप ब्याडमिन्टन एशिया मिक्स टिम च्याम्पियनसिप प्रतियोगितामा लाईन जजको भूमिका निर्वाह गरिरहेका छन् ।
अर्याललाई हालै मात्र बिश्व ब्याडमिन्टन महासंघले एशियाली र बिश्वस्तरको प्रतियोगिताका लागि लाईन जजको भूमिका निर्वाह गर्नका लागि मान्यता प्रदान गरेको छ । लाईन जजको मान्यता प्राप्त गरे पश्चातको अर्यालको यो उक्त भूमिकामा पहिलो प्रतियोगिता हो ।
सोहि अवसर पारेर हङ्गकङ्ग ब्याडमिन्टन संघले अर्याललाई सम्मान गरेको हो । संघले अर्याललका साथै भारतका तीन र नेपालका पूर्व भबिल खेलाडी एवं प्रशिक्षक जय नारायण चौधरीलाई समेत सम्मान गरेको हो ।
सो अवसरमा संघका अध्यक्ष राई, संस्थापक सदस्य हेम प्रताप गुरुङ्गले यस्तो ठुलो प्रतियोगितामा अर्यालको सहभागिताले नेपालीहरु गौरवान्वित बनाएको बताए ।