काठमाडौं । आयोजक ह्वाइटहाउस ह्वाइटहाउस यु–१८ अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
ह्वाइटहाउसले इन्साइट भिजनलाई ५९–२७ ले सहजै पराजित गर्यो । ह्वाइटहाउसको जितमा नयन बमजनले २३ अंक योगदान गरे ।
सबै क्वाटरमा अग्रता लिएको ह्वाइटहाउसले पहिलोमा १२–९, दोश्रोमा १७–१, तेश्रोमा ८–७ र चौथोमा २२–१० अंक जोड्यो ।
ज्ञान निकेतन र जेभियर इन्टरनेसनल पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । सुजन थपलियाको २० अंक सहयोगमा ज्ञान निकेतनले ट्रिनिटीलाई ६१–५९ को साँघुरो अन्तरले हरायो ।
सुरुका दुई क्वाटरमा अग्रता लिएको ज्ञान निकेतनले क्रमशः १५–१४ र १८–७ को प्रदर्शन गर्यो । ट्रिनिटीले तेश्रोमा १७–१६ र चौथोमा २१–१२ को अग्रता लिएपनि जित हात पार्न सकेन ।
जेभियरले गोल्डेनगेटमाथि ६१–५८ को कठिन जित दर्ता गर्यो । जेभियरका तेन्जिङ सोनामले १८ स्कोर गरे । पहिलो र चौथो क्वाटरमा दुवैले समान १६–१६ स्कोर गरे ।
जेभियरले दोश्रोमा १७–१२ को अग्रता लिएको थियो भने तेश्रोमा १२–१४ ले पछि पर्यो । सेमिफाइनलमा जेभियरको भेट ह्वाइटहाउससंग हुनेछ भने ज्ञान निकेतनले टाइम्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।