भैरहवा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश ५ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको महिला र पुरुष एकलतर्फको उपाधि बाके जिल्लाका खेलाडीले जितेका छन् ।
बिहीबार भैरहवा ब्याडमिन्टन क्लबको कभर्ड हलमा सम्पन्न फाईनलमा महिला एकलतर्फ बाकेकी सम्झना शर्माले आफनै जिल्लाकी समिक्षा न्यौपानेलाई २–० को सोझो सेटले पराजित गर्दै बिजेता बनेकी हुन् ।
सेमिफाईनलमा सम्झनाले बाकेकै टिला न्यौपाने तथा समिक्षाले रुपन्देहीकी पूजा बिष्टलाई हराई फाईनल प्रबेश गरेका थिए । टिला र पूजा तृतिय भए ।
पुरुष एकलतर्फको फाईनलमा बाकेका ईरफान अन्सारीले रुपन्देहीका गणेश रायमाझीलाई २–० सेटले पराजित गर्दै उपाधि जिते । पुरुष एकलमा सेमिफाईनलमा पराजित विश्वास नेपाल र विलाल वारीस जना तृतिय भएका थिए ।
प्रतियोगितामा बिजेताहरुलाई मुख्य अतिथी रुपन्देही जिल्ला ब्याडमिन्टन संघका बरीष्ठ उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, जिल्ला खेलकुद बिकाश समिती रुपन्देहीका कार्यालय प्रमुख संगम सिंह थापा, साल्ट ट्रेडिंग कार्यालय लुम्बिनी अञ्चलका काबा प्रमुख धन बहादुर गुरुंग लगायतले पदक, प्रमाणपत्र प्रदान गरेका थिए ।