धनगढी । प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ७ बाट बक्सिङका भानु बिष्ट र महेन्द्र चन्द छनोट भएका छन् ।
कंचनपुरमा जारी छनोट अन्तर्गत पुरुष ४९ केजी तौल समूहमा कंचनपुरका भानुले अछामका राजन केसीलाई अंकको आधारमा पराजित गर्दै स्वर्णसहित आठौंका लागि छनोट भए । पुरुष ६५ केजीमा कंचनपुरका महेन्द्र चन्दले कैलालीका आशिष विष्टलाई हराउदै आठौंका लागि स्थान पक्का गरे ।
प्रदेश ७ अन्तर्गत नै पुरुष ५२ केजी तौलमा कंचनपुरका उत्तम चन्दले कैलालीका सागर मल्ललाई अंकको आधारमा पराजित स्वर्ण जिते । पुरुष ६४ केजीमा बाजुराका हिमाल खडकाले कैलालीका विक्रम चौधरीलाई हराउदै प्रथम स्थान हासिल गरे ।पुरुष ७५ केजी तौलमा कंचनपुरका सुरेश सिंहले डडेल्धुराका विरेन्द्र बहादुर शाहीलाई अंकको आधामा हराउदै प्रथम स्थान हासिल गर्दा ८१ केजी तौलमा बाजुराका हिक्मत बहादुर सिंहले कञ्चनपुरका माया प्रकाश पन्तलाई पराजित गरे ।
पुरुष ९१ केजी तौलमा बझाङका दिपेन्द्र कुर भण्डारीले कञ्चनपुरका निरन्जन ऐरलाई पराजित गरे । यस्तै सुपर हेभी वैट ९१ प्लस तौलमा कैलालीका सुर ओझाले कंचनपुरका जगदीश ऐरीलाई पराजित गदै प्रथम स्थान हासिल गरे ।
प्रदेश नं. ७ कै महिलातर्फ कैलालीकी ज्योती चौधरीले कंचनपुरकी प्रतिभा शाहीलाई पराजित गर्दै प्रथम स्थान हासिल गरिन् । महिला ५१ केजी तौलमा कैलालीकी सुस्मा तामाङले कंचनपुरकी रेखा चन्दलाई पराजित गरिन ।
महिला ५४ केजी तौलमा कंचनपुरकी हरिना ऐरले कैलालीकी दिव्या मित्रलाई पराजित गर्दै प्रथम स्थान हासिल गरिन । त्यसैगरी महिला ५७ केजी तौलमा कैलालीकी संगिता चौधरीले कंचनपुरकी निर्मला केसीलाई पराजित गर्दै प्रथम स्थान हासिल गरिन ।
प्रदेश ५ अन्तर्गत पुरुष ६० केजी तौलमा बाँकेका ईन्द्र सुनुवारले पुर्वी रुकुमका निसम घर्तिलाई पराजित गर्दै स्वर्ण पदक जिते । पुरुष ६४ केजी तौलमा बाँकेका विशाल ऐरीले रुपन्देहीका यादव थापालाई पराजित गदै छनौट चरण पार गर्न सफल भएका छन् ।
प्रदेश ५ अन्तर्गत नै पुरुष ४९ केजी तौलमा दाङका सुरज वलीले रुपन्देहीका मोहन भाटलाई हराउदै प्रथम स्थान हासिल गरे । पुरुष ५२ केजी तौलमा रोल्पाका समिर चौधरीले गुल्मीका दिपक घर्तिलाई अंकको आधारमा पराजित गर्देै प्रथम स्थान हासिल गरे ।
त्यसै गरी पुरुष ५६ केजी तौलमा बाँकेका नविन घर्तिले दाङका चन्द्रज्योती थापालाई हराउदै प्रथम स्थान हासिल गरे पुरुष ६९ केजी तौल समुहमा बाँकेका यमराज चौलागाईले दाङका विकास रानालाई पराजित गरे । पुरुष ७५ केजी तौल समुहमा दाङ्गका गणेश वि.कले गुल्मीका निम प्रसाद राहदीलाई पराजित गरे ।