काठमाडौं । आठौं राष्ट्रिय खेलकुदको प्रदेशिक छनौट अन्तर्गत प्रदेश ७ को बक्सिङ छनोटमा उत्तम चन्द र सागर मल्लले फाईनल भिडन्त पक्का गरेका छन् ।
सोमबार भएको पुरुष ५२ केजी तौल समूहको सेमिफाईनल खेलमा कन्चनपुरका उत्तमले बाजुराका बिक्रम नेपाललाई तथा कैलालीका सागरले बझाङका धनवहादुरलाई हराउदै फाईनलमा स्थान बनाएका थिए ।
पुरुष ४९ केजी तौल समूहमा कञ्चनपुरका भानु विष्टले बझाङ्गका भानु नाथलाई पराजित गदै फाईनलमा स्थान बनाए । सोही तौल समुहमा अछामका राजन केसीले कैलालीका कृष्ण भट्टराईलाई पराजित गर्दै फाईनलमा बिष्टसग भेट पक्का गरेका छन् ।
पुरुष ५६ केजी तौल समूहमा कन्चनपुरका महेन्द्र चन्द र कैलालीका आशिष बिष्ट फाईनलमा प्रवेश गरेका छन् । महेन्द्रले अछामका भूपेन्द्र भण्डारीलाई पहिलो राउण्डमै नक आउट गर्दा आशिषले बाजुराका देवराज जोशीलाई अंकका आधारमा पराजित गरे ।
पुरुष ६० केजीमा कन्चपुरका रामवहादुर थापाले फाईनलको यात्रा तय गरेका छन् । उनले अछामका झनक वि.क.ललाई अंकका अधारमा हराए ।
पुरुष ६४ केजीमा बाजुराका हिमाल खड्का र कैलालीका बिक्रम चौधरीले उपाधि भिडन्त पक्का गरेका छन् । हिमालले कञ्चनपुरका जितेन्द्र चन्दलाई र विक्रमले डडेल्धुराका नरेश बुढालाई अंकका आधारमा पराजित गरे ।
पुरुष ६९ केजीमा कैलालीका सम्राट चौधरी र कन्चनपपुरका बसन्तवहादुर बिक फाईनल प्रवेश गरेका छन् । सम्राटले बाजुराका कपिल नाथलाई र बसन्तले अछामका प्रकाश वि.क.लाई अंककै अधारमा पराजित गरेका हुन् ।
त्यसैगरी महिला ४८ केजी तौल समुहमा बाजुराकी कल्पना रावलले कञ्चनपुरकी प्रतिमा शाहीलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेकी छन् ।