पोखरा । आठौं राष्ट्रिय खेलकुदका लागि बक्सिङको गण्डकी छनोटमा नवलपरासीका शान्त कुमार गुरुङले फाइनलमा स्थान बनाएका छन् ।
हेभी वेटको ९१ केजी तौलमा शान्तले मंगलबार बाग्लुङका मुन्ना गुरुङलाई स्पलिट डिसिजनको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
पोखरा रंगशालामा भईरहेको छनोट अन्तर्गत लाइट फ्लाई ४९ केजी तौल समूहमा काठमाडौंका मदन कृष्ण डंगोलले मकवानपुरका हिमाल सुनुवारलाई पराजित गर्दै फाइनल यात्रा तय गरे । सोही तौल समूहमा धादिङका सुगत सिवाकोटीले सिन्धुलीका डेविड तामाङलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा मदनसंगको भेट पक्का गरेका छन् ।
फ्लाई वैट ५२ केजी तौल समूहमा मकवानपुरका सुचित ध्वज कार्कीले भक्तपुरका प्रकाश कुमार विष्टलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । सोही तौल समूहमा ललितपुरका बुद्ध गेल्मो लामाले रामेछापका सुभाग तामाङ्गलाई पराजित गर्दै मकवानपुरका सुचित ध्वजसंग फाइनलमा स्थान पक्का गरेका छन् ।
त्यसै गरी वैन्टम वैट ५६ केजी तौल समूहमा भक्तपुरका सुजन पौडेलले मकवानपुरका सफल घिमिरेलाई दोस्रो राउण्डमा आरएससिको आधारमा पराजित गर्दै फाइनल यात्रा तय गरेका छन् ।