म्याग्दी। बाग्लुङका विवेक जिसी जिसी र कास्कीकी पुनम गुरुङ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ब्याडमिन्टनबाट गण्डकी प्रदेशबाट छनोट हुन सफल भएका छन् ।
म्याग्दी जिल्लाको बेनीमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगितामा विजेता बन्दै विवेक र पुनम पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि छनोट हुन सफल भएका हुन् ।
पश्चिमाञ्चलमा ब्याडमिन्टनमा कास्की जिल्लाको वर्चस्व रहेकोमा बाग्लुङका बिवेक जिसीले पहिलो पटक पहिलो स्थान हात पार्न सफल भएको प्रतियोगिताका रेफ्रि उदय अर्यालले बताए ।
आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट ब्याडमिन्टनमा छनोट हुन सफल अन्य खेलाडीहरुमा पुरुषतर्फ कास्कीका विद्यान अधिकारी, भूगोल गुरुङ र बिशाल खड्का, बागलुङका राजिन खड्का, म्याग्दीका सुरेन्द्र हमाल र नवलपुरका केवल श्रेष्ठ रहेका छन् । यस्तै महिला तर्फ कास्कीकै याम कुमारी गुरुङ, प्रजिता गुरुङ र अन्तरा राना तथा बागलुङकी सुनिता पौवी रहेका छन् ।
विजयी खेलाडीहरुलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारीले मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगितामा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता रेफ्रि अर्यालले जानकारी गराए ।