यी हुन् एनभीएलमा सहभागी हुने टिम
बिहिबार, ११ असार २०८३खेलपाटी संवाददाता

काठमाडौँ। नेपाल भलिबल लिग (एनभीएल) मा सहभागी हुने फ्रेन्चाइज भलिबल टिमको नाम सार्वजनिक गरिएको छ।
केडिया ग्रुपअन्तर्गतको नेपाल भलिबल लिगले काठमाडौँमा बिहीबार यसै वर्ष आयोजना हुने एनभीएलमा सहभागी हुने ६ फ्रेन्चाइज भलिबल टिमको नाम सार्वजनिक गरेको हो।
एनभीएलमा सगरमाथा शमशेर, मधेस वारियर्स, काठमाडौँ रेडर्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्सले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
६ टिमबाहेक सहभागी हुन इच्छुक दुईवटा टिमका लागि आवदेन खुला राखिएको समेत एनभीएलले जनाएको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुने लिगको मिति भने चाँडै सार्वजनिक गरिने लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्ययले जानकारी दिए।















