शुक्रबार, ०८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

सेमिफाइनलमा डीएभी र जेम्स तथा सैनिक र पुलिस स्कुल खेल्ने

आइतबार, २४ जेठ २०८३खेलपाटी संवाददाता
सेमिफाइनलमा डीएभी र जेम्स तथा सैनिक र पुलिस स्कुल खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं। तेस्रो संस्करणको ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न दुई क्वाटरफाइनल खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। सोमबार हुने पहिलो सेमिफाइनलमा डीएभी सुशील केडिया विश्व भारती स्कुल र जेम्स स्कुल आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा सैनिक आवासीय महाविद्यालय र नेपाल पुलिस स्कुलबीच प्रतिस्पर्धा हुनेछ।

आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा जेम्स स्कुलले मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।

मोक्षदाले दिएको ९६ रनको लक्ष्य जेम्सले कुनै विकेट नगुमाई ९.५ ओभरमै पूरा गर्‍यो। जेम्सले ९७ रन बनाउँदा स्वराज चौलागाईं ३० बलमा ४ चौका र १ छक्काको मद्दतमा ३८ रनमा अविजित रहे भने सुदिश पौडेल ३० बलमा ७ चौका प्रहार गर्दै ४३ रनमा अविजित रहे।

अलराउन्ड प्रदर्शन गरेका स्वराज चौलागाईं ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मोक्षदा स्कुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो। मोक्षदाका लागि ऋषुशाहा सुबेदीले अविजित ५१ रन बनाए। नेम्स योञ्जनले १२ तथा सुयोग्य शाहले ८ रन जोडे।

जेम्सका प्रचेत लाखोटियाले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। स्वराज चौलागाईंले ३ विकेट हात पारे भने प्रगव पाण्डे र रमन महेसेथले समान १/१ विकेट लिए।

अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिस स्कुलले रत्न राज्य माध्यमिक विद्यालयलाई ५० रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

१४५ रनको लक्ष्य पछ्याएको रत्न राज्य १७.१ ओभरमा ९४ रनमै अलआउट भयो। रत्न राज्यका उदयकुमार मण्डलले सर्वाधिक ३१ रन बनाए भने सकिन्द्र यादवले १५ तथा रविकिशनकुमार गुप्ताले १४ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

पुलिसका सुजित यादवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सागर सिंहले ३ तथा प्रियान्शुकिशोर राउतले २ विकेट हात पारे। सुजित ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो।

पुलिसका सुनिल ठाकुरले २५, प्रियान्शुकिशोर राउतले २२ तथा श्यामबाबु ठाकुरले २० रनको योगदान दिए। राजप्रताप यादव र प्रिन्सराज यादवले समान १४ रन जोडे। अतिरिक्तबाट टोलीले २३ रन प्राप्त गरेको थियो।

रत्न राज्यका आयुष पाण्डे र बिकेश तामाङले समान ३–३ विकेट लिए भने दिपेश थापाले १ विकेट हात पारे।

यसअघि शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा डीएभी सुशील केडिया विश्व भारती स्कुलले केएमसी स्कुललाई ९४ रन तथा सैनिक आवासीय महाविद्यालयले अपी स्कुललाई १ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए।

प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको लगातार हार

नेपालको लगातार हार

नेपालको टिममा एक परिवर्तन

नेपालको टिममा एक परिवर्तन

 २०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

२०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

 स्पेनका दुई खेल अनुसन्धानको घेरामा

स्पेनका दुई खेल अनुसन्धानको घेरामा

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

जित्नैपर्ने दबाबमा नेपाल

जित्नैपर्ने दबाबमा नेपाल

ओटामेन्डीले लिए सन्न्यास

ओटामेन्डीले लिए सन्न्यास

नेपालको लगातार हार

नेपालको लगातार हार

विश्वकपमा म्याच फिक्सिङ भएन !

विश्वकपमा म्याच फिक्सिङ भएन !

नेपाल कठिन समूहमा

नेपाल कठिन समूहमा