भारतलाई सोझो सेटमा हराउँदै काजाकिस्तान फाइनलमा
बिहिबार, १४ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। भारतलाई हराउँदै काजाकिस्तानले काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा काजाकिस्तानले ३–० को सोझो सेटमा जित निकालेको हो।
योसँगै काजाकिस्तानले अब उपाधिका लागि नेपाल र इरानबीचको विजेतासँग खेल्ने छ। यी दुई टोली बिहीबार नै दोस्रो सेमिफाइनलमा भिड्दै छन्। भारतले भने नेपाल र इरानबीच हार्ने टोलीसँग तेस्रो स्थानका लागि खेल्ने छ।
काजाकिस्तानले पहिलो सेट २५–२१ ले जितेको थियो। तर, त्यसपछिका सेटमा २५–१७, २५–१४ ले सहजै हात पार्दै उपाधिनजिक पाइला बढायो।












-1785212450734.webp&w=3840&q=75)

