श्रीलंकालाई हराउँदै कीर्गिस्तान पाँचौं
बुधबार, १३ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। श्रीलंकालाई हराउँदै कीर्गिस्तानले काभा महिला भलिबल च्याम्पियनसिपमा पाँचौं स्थान हात पारेको छ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा बुधबार सम्पन्न खेलमा कीर्गिस्तानले ३–१ को सेटमा जित निकालेको हो।
कीर्गिस्तानले पहिलो सेट १५–२५ ले गुमाएको थियो। तर, त्यसपछिका सेटमा २५–२३, २५–२३ र २५–१५ को जित हात पारेको हो।















