काठमाडौं । ठमेल युनाईटेड ग्रुपले पोखरामा हुने तेस्रो भेट्रान बास्केटबलमा प्रतिस्पर्धा गर्ने भएको छ । मंगलबार नेपाल खेलकुद पत्रकार मञ्चमा एक कार्यक्रमको आयोजना गरि पोखरा जाने टोलीलाई बिदाई गरिएको हो ।
ठमेल युनाईटेड लगातार २ वर्षदेखि भेट्रान बास्केटबलको विजेता रहँदै आएको छ ।
यस वर्ष समेत विजेता भएर प्रतियोगितामा ह्याट्रिक गर्ने टिमका खेलाडी प्रशान्त ताम्राकारले पत्रकार सम्मेलनमा बताए । प्रतियोगिता खेल्ने खेलाडीलाई काठमाडौं महानगरपालिकाले ५५ हजार रुपैंया सहयोग गर्ने बताईएको छ ।
३ दिने प्रतियोगिता फागुनमा सुरु हुनेछ । लिग चरणका आधारमा प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । विजेता टिमले ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।