धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु
सोमबार, ०९ चैत्र २०८२खेलपाटी संवाददाता
-1774280237611.jpeg&w=3840&q=75)
काठमाडौं। इन्डियन प्रिमिय लिग (आईपीएल)को १९औं संस्करण सुरु हुनुअघि चेन्नई सुपर किङ्स (सीएसके) ले चेन्नईस्थित एमए चिदम्बरम स्टेडियम (चेपक) मा आयोजना गरेको फ्यान कार्यक्रममा महेन्द्रसिंह धोनीले आफ्नो भविष्यबारे रोचक अभिव्यक्ति दिएका छन्।
४४ वर्षीय धोनीले सन्न्यासको चर्चा भइरहेका बेला रमाइलो शैलीमा प्रतिक्रिया दिँदै आफू ६० वर्षको उमेरसम्म पनि आईपीएल खेल्न सक्ने बताए। “यो अलि कठिन हुनेछ। तर, म प्रयास गर्न सक्छु,” उनले हाँस्दै भने।
अभिनेता शिवकार्तिकेयनले धोनीलाई अझै लामो समयसम्म क्रिकेट खेलिरहन आग्रह गरेपछि उनले यस्तो जवाफ दिएका हुन्। धोनीको यो अभिव्यक्तिपछि स्टेडियममा उपस्थित समर्थकहरू अत्यन्त उत्साहित बनेका थिए। पूरा चेपक धोनीको जयजयकारले गुञ्जिएको थियो।
धोनीको उक्त टिप्पणीलाई समर्थकहरुले रमाइलो रूपमा लिएका थिए।















