भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ७ मा रहेको ८ वटा विद्यालयका विद्यार्थी र शिक्षिकाहरुलाई आत्मरक्षा गर्ने कलासम्बन्धी पाँच दिने जनचेतनामुलक प्रशिक्षण तथा टेक्निकल तालिम दिइएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा नेपाल सेल्फ डिफेन्स एसोसियसनले विभिन्न ८ विद्यालयका विद्यार्थी र शिक्षिकाहरुलाई आत्मरक्षा तालिम प्रदान गरेको हो ।
तालिममा वाइज ल्याण्ड सेकेण्डरी स्कुल, प्रोवेश स्कुल, नविन स्कुल, बाल सेवक, विद्या विकास, चण्डेश्वरी प्रा.वि. इमेज स्कुल र सूर्यदय मा.वि का १०० जना भन्दा बढि विद्यार्थी एवं शिक्षिकाहरुले भाग लिएका थिए ।
दुई चरण गरी १० दिन सम्म ४÷४ वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई दिइएको प्रशिक्षणमा सहायक प्रशिक्षक रविन्द्र श्रेष्ठ, रोजिना लोहला, जयन्ती श्रेष्ठ, अन्जली श्रेष्ठ र विमुना कपालीले सहयोग गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका युवा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको उपस्थिति रहेको थियो ।