राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित
मंगलबार, ०५ फाल्गुण २०८२खेलपाटी संवाददाता
काठमाडौं। मधेश प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा मंगलबार जित पारेको छ।
मधेशले बागमती प्रदेशलाई ४–० गोलले पराजित गर्यो। रुपेश राईले २ तथा उमेश श्रेष्ठ र अजयकुमार शाहले समान १–१ गोल गरे।
नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमै सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३–२ गोलले हरायो। सुदूरपश्चिमका किशोरराज ओझाले २ तथा आयुश शाहले गोल गरे। कोशीका सौरव दंगाल र विसु घिमिरेले गोल गरे।
महिलामा कोशी र बागमतीले गोलरहित बराबरी खेले। सदुरपश्चिमले मधेशलाई १–० गोलले पाखा लगायो। बन्दना भट्टले निर्णायक गोल गरिन्।










-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)



