खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

काठमाडौं । नेपाली खेलकुदको प्रवर्द्धनमा अग्रणी देखिएको एक्सट्रिम एनर्जी ड्रिङ्कले अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरेको छ ।
इन्डस फुड प्रदर्शनीमा प्रभावशाली उपस्थिति जनाइसकेको एग्रो थाई फुड्सले एक्सट्रिम एनर्जी ड्रिङ्क दुबईमा आयोजना भएको विश्वकै सबैभन्दा ठूलो खाद्य तथा पेय पदार्थ प्रदर्शनी ‘गल्फुड २०२६’ मा प्रस्तुत भएको छ ।
नेपाली युवापुस्ता र खेलप्रेमीहरूको रोजाइ बनेको एक्सट्रिम एनर्जी ड्रिङ्क विश्वका १ सय भन्दा बढी देशका अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रस्तुत हुँदै नेपालमा बनेका उत्पादन समेत विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने सन्देश दिएको कम्पनीले जनाएको छ ।
एनर्जी ड्रिङ्गको रुपमा परिचित एक्सट्रिम एनर्जी ड्रिङ्कले नेपाली खेलकुदसँग समेत बलियो सम्बन्ध बनाउँदै आएको छ ।
आईसीसी टी–२० विश्वकप प्रसारणको प्रायोजन जस्ता ठूला अन्तर्राष्ट्रिय प्लेटफर्ममा देखिँदै आएको यस ब्रान्डले अब विश्व बजारमा समेत उल्लेखनीय ध्यान आकर्षित गर्न थालेको कम्पनीले जनाएको छ ।
एक्सट्रिम एनर्जीले पछिल्लो समय नेपाली खेलकुदको प्रवर्द्धन र व्यवसायीकरणमा महत्वपुर्ण ब्राण्डको रुपमा आफुलाई उभ्याएको छ ।






%20(1)-1769779466492.jpeg&w=3840&q=75)
-1769769455928.jpeg&w=3840&q=75)






