थाइल्यान्ड क्विन्सको दोस्रो जित, चारवटै खेलमा हार्यो आर्मी
मंगलबार, १३ माघ २०८२खेलपाटी संवाददाता

पोखरा। थाइल्यान्ड क्विन्सले छैटौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार सम्पन्न पहिलो खेलमा थाइल्यान्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। थाइल्यान्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले जित निकाल्यो।
पहिलो खेलमा एपीएफसँग पाँचौं सेटमा पराजित भएको थाइल्यान्डले दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो। आर्मी भने जितविहीन रहँदै प्रतियोगिता समाप्त गरेको छ। आर्मी सबै चार खेलमा पराजित भयो।













