पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित
सोमबार, १२ माघ २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, पोखरा। नेपाल एपीएफ क्लबले पाहुना टोली माल्दिभ्स भलिबल एसोसिएसनलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको छ।
बुधबार सम्पन्न खेलमा एपीएफले माल्दिभ्सलाई २५–१८, २५–२० र २५–१८ को सोझो सेटमा पराजित गर्दै उत्कृष्ट प्रदर्शन गर्यो।
पहिलो खेलमा एपीएफले गण्डकी भलिबल एसोसिएसनलाई ३–२ को सेटमा पराजित गरेको थियो। च्याम्पियनसिपमा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ।











-1769407824233.jpeg&w=3840&q=75)



