पर्वतको लगातार दोस्रो जित
आइतबार, ११ माघ २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, पोखरा। पर्वत जिल्ला भलिबल संघले टाइगर कप भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार पर्वतले रोमाञ्चक खेलमा एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो।
पर्वतले पहिलो सेट २५–१८ ले जितेको थियो। तर, दोस्रो सेट २१–२५ ले गुमायो। योसँगै खेल १–१ मा पुगेको थियो।
तर, पर्वतले त्यसपछिका सेटमा २५–१९ र २५–१५ ले सहजै आफ्नो बनायो। पर्वतले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा स्तब्ध पारेको थियो। एपीएफको भने यो पहिलो हार हो। विभागीय टोलीले घरेलु टोली गण्डकी भलिबल संघलाई ३–१ को सेटमा पाखा लगाएको थियो।














