आर्मीको लगातार दोस्रो हार, पुलिसको पहिलो खेलमै सानदार पुनरागमन
शनिबार, १० माघ २०८२खेलपाटी संवाददाता
-1769236048505.jpeg&w=3840&q=75)
हिमालयन मनोज, पोखरा। विभागीय टोली त्रिभुवन आर्मी क्लबले टाइगर कप भलिबल प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न विभागीय डर्बीमा नेपाल पुलिस क्लबसँग ३–१ को सेटमा पराजित भएको हो।
आर्मी पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। पुलिसको भने यो पहिलो खेल हो।
आर्मीले पहिलो सेटमा २५–१६ को जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने संकेत देखाएको थियो। तर, त्यसपछिका तीन सेटमा भने पुलिसले सानदार पुनरागमन गर्यो।
बाँकीका सेटमा पुलिसले २५–१७, २५–२२ र २५–१३ को मिश्रित नतिजा हात पार्यो।






-1769167052323.jpeg&w=3840&q=75)
-1769151399924.jpeg&w=3840&q=75)





-1769135013864.webp&w=3840&q=75)