पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन
शनिबार, २६ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली नेपाल पुलिसलाई हराउँदै न्यु डायन्डले शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा न्यु डायन्डले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो।
खेलको पहिलो र दोस्रो सेटमा न्यु डायन्डले २५–२२ र २५–१८ ले जितेको थियो। तेस्रो सेट भने १५–२५ ले गुमायो। उक्त सेट पुलिसले आफ्नो नाममा पारेसँगै खेल चौंथो सेटसम्म धकेलिएको थियो।
तर, न्यु डायन्डले पुनरागमन गर्दै २७–२५ ले जितेसँगै उपाधि हात पार्यो।















