आर्मीसँग हार्यो एपीएफ
शुक्रबार, २५ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत शुक्रबार नेपाल एपीएफ क्लबलाई ३–१ सेटले पराजित गर्दै गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न खेलमा आर्मीले पहिलो सेट कडा प्रतिस्पर्धाबीच २७–२५ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा भने एपीएफले उत्कृष्ट पुनरागमन गर्दै २५–११ ले जित निकाल्यो।
तेस्रो सेटमा पुनः लय समातेको आर्मीले २५–२१ ले सेट जित्दै अग्रता बनायो। चौथो सेटमा पनि दबाब कायम राख्दै आर्मीले २५–२२ को जित निकालेर खेल ३–१ सेटले आफ्नो पक्षमा पारेको हो।
पहिलो सेट आर्मी र दोस्रो सेट एपीएफले जितेपछि खेल चौंथो सेटसम्म धकेलिएको थियो। अन्ततः निर्णायक क्षणहरूमा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो जित सुनिश्चित गरेको छ।















