रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित
शुक्रबार, २५ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। राष्ट्रिय महिला भलिबल प्रतियोगितामा फाइनल पुगिसकेको न्यू डायमन्ड युथ स्पोर्टस क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा न्यू डायमन्डले फाइनलमा भिड्ने तय भइसकेको पुलिसलाई ३–२ को सेटमा पाखा लगाएको हो।
न्यू डायमन्डले खेलको सुरुआतदेखि नै पुलिसलाई दबाबमा राखेको थियो। उसले सुरुका दुई सेट २५–१४ र २५–१९ ले आफ्नो बनायो।
तर, त्यसपछिका दुई सेटमा भने पुलिसले बलियो पुनरागमन गर्यो। तेस्रो सेट पुलिसले २५–२० ले आफ्नो बनायो। रोमाञ्चक बनेको चौथो सेटमा भने पुलिसले खेल २९–२७ ले आफ्नो पक्षमा पार्दै पाँचौं सेटसम्म पुर्यायो।
अन्तिम तथा पाँचौं सेट भने १५–१० को जित निकाल्दै न्यू डायमन्डले अंक खोसेको हो।










-1772594181027.webp&w=3840&q=75)
-1772593857473.webp&w=3840&q=75)




