विभागीय डर्बीमा पुलिसको सहज जित
बुधबार, २३ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। साविक विजेता नेपाल पुलिस क्लबले विभागीय डर्बीमा एपीएफ क्लबलाई हराउँदै नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार पुलिसले ३–० को सोझो सेटमा जित हात पारेको हो। जितसँगै पुलिसले ३ अंक जोडेको छ।
भर्खरै नवौं एनभीए महिला तथा पुरुष च्याम्पियनसिपमा उपविजेता भएको पुलिसले खेल २५–२२, २५–२० र २५–२१ ले आफ्नो बनायो।












-1767840835858.webp&w=3840&q=75)

