विभागीय डर्बीमा आर्मीलाई हराउँदै एपीएफ तेस्रो
शनिबार, १९ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा तेस्रो भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न खेलमा एपीएफले ३–० को सोझो सेटमा पराजित गरेको हो।
एपीएफलाई आर्मीले कुनै पनि सेटमा चुनौती दिन सकेन। एपीएफले तीन सेट २५–१३, २५–१७ र २५–१० ले जित्यो।









-1767442666995.png&w=3840&q=75)



-1767418559420.jpeg&w=3840&q=75)