सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

काठमाडौं। विभागीय टोली एपीएफले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत क्वार्टरफाइनलमा रुकुम पश्चिमसँग खेल्ने भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न समूह ‘ए’को खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले अन्तिम ८ मा स्थान बनाएको हो। योसँगै एपीएफले सेमिफाइनल प्रवेश गर्न रुकुमसँग खेल्ने भएको छ।
रुकुम समूह ‘सी’ को विजेता हो। रुकुमले बुढानिलकण्ठ र जवालाखेललाई पराजित गरेको थियो।
एपीएफ भने पहिलो खेलमा हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। मणिमुकुन्द भने प्रतियोगिताबाट बाहिरिसकेको छ।
मणिमुकुन्द यसअघि नै हेल्प नेपालसँग सोझो सेटमा पराजित भएको थियो। यसपल्ट पनि मणिमुकुन्दले त्यति नियति दोहोर्यायो।
पहिलो र दोस्रो सेट एपीएफलाई २५–१० र २५–१६ ले सहजै सेट सुम्पियो। तेस्रो सेटमा भने केही चुनौती दिए पनि अन्तत: २९–२७ ले खेल गुमाउन पुग्यो।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



