सुदूरपश्चिमको सान्त्वना जित
सोमबार, १४ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ सुदूरपश्चिम प्रदेशले सान्त्वना जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न खेलमा मधेश प्रदेशमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो।
यद्यपि, सुदूरपश्चिम यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। यो टोलीलाई विभागीय दुई क्लब नेपाल पुलिस र एपीएफले सोझो सेटमै पाखा लगाएको थियो। मधेशको भने यो दोस्रो हार हो। यसअघि मधेशलाई एपीएफले सोझो सेटमै पाखा लगाएको थियो।
एपीएफ भने एक खेल अगाबै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। सुदूरपश्चिमलाई पहिलो सेटमा मधेशले चुनौती दिएको थियो।
यद्यपि, उक्त सेट २५–२१ ले सुदूरपश्चिमले आफ्नो बनायो। अन्य दुई सेटमा भने मधेशले चुनौती दिन सकेन र खेल २५–१४ र २५–१७ ले गुमायो।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



