कोशीले आर्मीलाई सकेन
शनिबार, १२ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सकसमा पारे पनि कोशी प्रदेशले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ निराशाजनक नतिजा हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार कोशी ३–० को सोझो सेटमा पराजित भएको हो।
योसँगै समूह ‘डी’ मा रहेको आर्मीले ३ अंक हात पारेको छ। घरेलु भलिबलमा लामो समय आफ्नो दबदबा कायम राख्दै आएको आर्मीलाई कोशीले तीनवटै सेटमा चुनौती प्रस्तुत गरेको थियो। तर, अनुभवको कमीले आर्मीलाई पाखा लगाउन सकेन।
पहिलो सेट आर्मीले २५–२३ ले आफ्नो बनायो। कुनै समय आर्मी २०–१८ ले खेलमा पछि थियो। तर, आर्मीले पुनरागमन गर्यो। दोस्रो र तेस्रो सेटमा पनि कोशीले आर्मीला उत्तिकै चुनौती दियो। तर, दुवै सेट २७–२५ ले गुमाउन पुग्यो। योसँगै कोशीले खेलमा फर्किने मौका पनि गुमायो।







-1766811430207.jpeg&w=3840&q=75)




