अस्ट्रेलिया लागिन् साफिया
शुक्रबार, ११ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा त्रिभुवन आर्मी क्लबकी साफिया पुन अस्ट्रेलिया प्रस्थान गरेकी छन्।
उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन्। उनलाई बिदाइ गर्न एपीएफकी निरुता ठगुन्ना पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।
बिहीबार नै नेपाली टोलीकी कप्तान अरुण शाही पनि अस्ट्रेलिया प्रस्थान गरेकी छन्। यी दुईले अस्ट्रेलियामा प्रतियोगिता खेल्ने बताइएको छ।
अरुणा भने पछिल्लो समय गण्डकी प्रदेशबाट खेल्दै आएकी थिइन्। तर, गण्डकीले यसपल्ट वौं महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिपमा टिम नै दर्ता गराएन।
साफियाको टोलीले भने शुक्रबार अरुणाकै पूर्वटोली एभरेस्ट भलिबल क्लबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।













