एभरेस्ट भलिबल क्लबले निशाको कप्तानीमा खेल्ने

काठमाडौं। एभरेस्ट भलिबल क्लबले निशा चौधरीको कप्तानीमा नवौं महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिप खेल्ने भएक छ।
नेपाल भलिबल संघ (एनभीए) को आयोजना प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ। एभरेस्टले पहिलो खेल शुक्रबार नै विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।
कुल १२ खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबको टोली युवा र अनुभवी खेलाडीको सन्तुलित संयोजनका रूपमा देखिएको छ। टोलीमा निशा चौधरी, निरुता नाथ, मोनिका थारु, जनकी के.सी, ललिता बोहरा, मीना सुनार, प्रशंसा बौडेल, आरती चौधरी, प्रतिभा चौधरी, तनुजा बिक, हिमलता जोशी र रूपा लम्साल रहेका छन्।
टोली व्यवस्थापकको जिम्मेवारी सुनीता गौतमले सम्हालेकी छन्। मुख्य प्रशिक्षकमा अर्जुन घिमिरे रहेका छन् भने सहायक प्रशिक्षकहरू उदय मल्ल र शान्ति घिमिरे छन्। टोलीको फिजियोको रूपमा स्मारिका चौधरी आबद्ध छिन्।












