मंगलबार, ०८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

मंगलबार, ०८ पौष २०८२खेलपाटी संवाददाता
टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता
Classic Tech Internet Ad

पोखरा। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा नेपाल भलिबल संघको स्वीकृति तथा समन्वयमा प्रतियोगिता ९ देखि १७ माघसम्म पोखरा रंगशालामा आयोजना हुने तय छ।

भ्रमण वर्ष २०२५ तथा पर्यटनको राजधानी पोखरालाई केन्द्रमा राखेर आयोजना हुन लागेको यस प्रतियोगितामा महिला र पुरुष गरी कुल १४ टोली सहभागी हुनेछन्।

महिलातर्फ ७ र पुरुषतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपालका शीर्ष क्लबहरूसँगै थाइल्याण्ड, भारत र माल्दिभ्सका अन्तर्राष्ट्रिय टोलीहरूको समेत सहभागिता रहने आयोजक टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए।

महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिपटप न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब रुपन्देही, युनाइटेड प्यासन भलिबल क्लब (थाइल्यान्ड) र थाइल्यान्ड क्वीन्स सहभागी हुनेछन्।

पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एसोसिएसन र गुजरात भलिबल क्लब (भारत) सहभागी हुनेछन्।

यस वर्ष प्रतियोगिताको पुरस्कार राशि गत वर्षको तुलनामा वृद्धि गरिएको छ। महिला तथा पुरुष दुवैतर्फ विजेता टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेता टोलीलाई १ लाख ६६ हजार ६६६ रुपैयाँ र तृतीय हुने टोलीलाई १ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार प्रदान गरिने शर्माले जानकारी दिए।

साथै सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीहरूलाई ११ हजार ६६६ रुपैयाँ बराबरको पुरस्कार व्यवस्था गरिएको छ।

यस प्रतियोगितामा पहिलो पटक भारत र माल्दिभ्सबाट अन्तर्राष्ट्रिय भलिबल रेफ्रीहरू सहभागी हुनेछन्। आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा १०७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने १४ वटा उपसमितिहरू बनाएर तयारीलाई तीव्रता दिइएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

Bajaj Pulsar Motorcycle Ad
 नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

नेयमारले गराए शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम

नेयमारले गराए शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

सलाहले जोगाए इजिप्टको इज्जत्

सलाहले जोगाए इजिप्टको इज्जत्

नेपालको फिफा वरीयता सुध्रिएन

नेपालको फिफा वरीयता सुध्रिएन